१
१०८ दिनमै बिदा भए लुम्बिनीका मुख्यमन्त्री महरा
लुम्बिनीका पाचौं मुख्यमन्त्री जोखबहादुर महराले १०८ औं दिनमा राजीनामा दिएका छन् । २३ चैत २०८० मा मुख्यमन्त्री बनेका उनले केन्द्रमा सत्ता समिकरण फेरिएपछि प्रदेशसभामा विश्वास गुमाएका थिए ।
Advertisement 1
छोटो अवधि सरकारको नेतृत्व गरेका महराले यस अवधिमा सम्झनलायक धेरै काम गर्न सकेनन् र तुलनात्मक रुपमा कम विवादित रहे । उनले सत्ता साझेदार नेकपा एमालेले सरकार छाडेपछि न मन्त्रिपरिषद बैठक राखे, न कुनै नियक्ति गरे ।
उनले विगतका मुख्यमन्त्रीले झैं मुख्यमन्त्री कार्यालयमा अबण्डा बजेट राखेनन्, मुख्यमन्त्रीको सचिवालयमा प्रमुख स्वकीय सचिव, स्वकीय सचिव, प्रेस संयोजक र टाइपिस्ट गरी चार जनामात्र नियुक्त गरे ।
Advertisement 2
बुटवलस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सम्पर्क कार्यालय हटाउने निर्णय गरेर धेरै प्रशासनिक खर्च कम गरे ।
प्रदेश योजना बैंक स्थापना, प्रदेश प्रमुख शैक्षिक सुधार कार्यक्रम, लुम्बिनीका महिला ः आत्मनिर्भरतामा पहिला, आमा बचाउ अभियान, पर्यटन र शहरी विकासको प्रादेशिक गुरुयोजना तयारी सुरु गर्नु महराको कार्यकालको सम्झनालक काम रहेको नेपाली कांग्रेसकी सचेतक निमा गिरीले बताइन् ।
Advertisement 3
‘तीन महिनाको काम, नीति तथा कार्यक्रम र बजेटलाई हेर्दा मुख्यमन्त्री महरा विपक्षीसंग पनि सहमति र समन्वय गरेर विवादरहित तरिकाले काम गर्ने, राज्यलाई अनावश्यक आर्थिक भार थप्न हुन्न भन्ने मान्यतामा दृढ र मितव्ययी पनि पाइयो’, उनले भनिन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका एक सचिवले मुख्यमन्त्री महराको कार्यशैली र व्यवहार सहज, सरल र नागरिकमैत्री भएको टिप्पणी गरे ।
News is copy from onlinekhabar for developing purpose only
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply Cancel reply
No popular posts found.
ताजा समाचार
ट्रेन्डिङ
धेरै कमेन्ट गरिएका
3
No
No
No
No
0